बालुवाटार प्रकरणमा अर्का पूर्वमन्त्री पनि तानिए

४ बर्ष अगाडि

काठमाडौँ । बालुवाटारको सरकारी जग्गा अनियमितता प्रकरणमा अर्का पूर्वमन्त्रीसमेत छानबिनमा तानिएका छन् । 
०६३ मा भूमिसुधार तथा व्यवस्थामन्त्री रहेका जगतबहादुर बोगटीको समेत त्यसमा संलग्नता भेटिएको हो । 
उनकै कार्यकालमा भूमिसुधार मन्त्रालयले नेपाल सरजंग कम्पनीको टिकिन्छा गुठीमार्फत मोही दिने प्रक्रिया सुरु गरेको अनुसन्धानमा खुलेको छ । मन्त्री बोगटीले नै त्यससम्बन्धी टिप्पणी सदर गरेर मन्त्रिपरिषद्मा पेश गरेका थिए । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया