लुम्बिनी जनरलको शेयर लिलाम फागुन १४ गते देखि खुल्ने

४ बर्ष अगाडि

लुम्बिनी जनरल इइन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रदमा अवितरित करिब १ लाख कित्ता शेयर लिलाम मार्फत बिक्रि गर्ने भएको छ।

इन्स्योरेन्सले फागुन १४ गतेदेखि २१ गते सम्मका लागी ९९ हजार ७२६ कित्ता हकप्रद शेयर लिलाम मार्फत बिक्री गर्नै लागेको हो ।

कात्तिक २४ गतेदेखि मंसिर २९ गते सम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो।

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ। 

फारम लिन र बुझाउनका लागी लगानीकर्ताले सिटिजन्स बैंकका विराटनगर, विरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन  पाउनेछन । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया