पशुपतिनाथको मन्दिरमा जलहरी निर्माणमा लागि डेड अर्ब चन्दा उठाइदै

४ बर्ष अगाडि

काठमाडौँ – हिन्दु एकमात्र आराध्यदेव पशुपतिनाथको मन्दिरमा सुनको जलहरी निर्माणका लागि समेत त्यस्तै चन्दा उठाउन लागिएको छ । शिवरात्रीको अवसर पारेर पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी निर्माणका लागि १४१ किलो सुन जम्मा गर्न चन्दा उठाउने भएको छ ।

मंगलबार प्रकाशित एक सूचना अनुसार कोषले सम्पूर्ण हिन्दुको आराध्यदेव पशुपतिनाथको मन्दिर परिसरमा जलहरी निर्माणका लागि चन्दा उठाउन आग्रह गरेको छ ।

सूचना अनुसार एक तोलाभन्दा बढी सुन बढीमा १ किलोग्राममात्र स्वीकार गरिनेछ । खरिद गर्न लाग्ने रकम उपलब्ध गराउने चन्दादाताको नाम दाताको इच्छा भएमा स्मारिकमा समेत प्रकाशन गरिनेछ ।

कोषले जलहरी निर्माण गर्दा २४ क्यारेटको सुन मात्रै प्रयोग गर्ने भएको छ । कोषले सुनको जलहरी निर्माण कार्यमा सम्पूर्ण हिन्दु धर्मालम्बी श्रद्धालु भक्तजनको भाव र श्रद्धासहितको सहभागिता जुटाइ जलहरी निर्माण गर्ने भएको हो ।

कोषले नेपाल इनभेस्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, एभरेष्ट बैंक र कृषि विकास बैंकका विभिन्न खातामा रकम जम्मा गर्न सकिने जनाएको छ ।

यस्तै, जलहरी निर्माणका लागि गोप्यदान गर्ने इच्छा हुने भक्तजनका लागि पशुपतिनाथ मन्दिरको प्रांगणभित्र एउटा र मन्दिरको पश्चिम गेटबाहिर १ गरी २ वटा दानपत्रको व्यवस्था गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया