नेपालकै सबैभन्दा ठूलो नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रर्दशनी हँदै

४ बर्ष अगाडि

काठमाडौं – नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास तथा अत्याधुनिक परिवर्तनका साथ व्यवसायिक बिकास गर्ने उद्देश्यले नेपालकै सबैभन्दा ठुलो “नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रर्दशनी २०२०” हुन लागेको छ । नेपालमै अत्याधुनिक एवं प्रविधियूक्त नवनिर्मित चितवन एक्स्पो सेन्टर, उद्योग प्रदर्शनी मार्ग, भरतपुर, चितवनमा आउँदो फाल्गुण १६, १७ र १८ गते  हुन गइरहेको उक्त अन्तर्राष्ट्रिय प्रर्दशनी नेपाल पोल्ट्री महासंघको आयोजनामा मिडिया स्पेस सोलुसन्स प्रा.ली. तथा फ्यूचरेक्स ट्रेड एण्ड ईभेण्ट प्रालिको सहकार्यमा हुन लागेको हो । 

नेपाली पोल्ट्री क्षेत्रको सुदृढिकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योग लगायतका सम्पूर्ण पशुपन्छी पालन, प्रशोधन र बजारीकरण सम्बन्धि विभिन्न क्षेत्रहरु समेटेर नेपाली पोल्ट्री क्षेत्रलाई उच्च व्यवसायिक परिचय दिई अन्तराष्ट्रिय स्तरमा चिनाउने र अन्य विकसित देशमा भैरहेका पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरु नेपालमा भित्र्याउने महत्वपूर्ण वातावरण बनाउन नेपाल पोल्ट्री महासंघले नेपालकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय प्रर्दशनीको आयोजना गर्न लागेकोे छ ।

नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेशाकर्मी तथा समग्र किसानवर्ग लगायतका प्रत्यक्ष संलग्नतामा रहने उक्त प्रदर्शनीमा २ सय भन्दा वढी स्वदेशी तथा विदेशी प्रख्यात प्रदर्शकहरुका नविनतम प्रविधिहरुका प्रदर्शनी रहने छ । यस पोल्ट्री महासंघ अन्तरगतका विभिन्न संघसंस्थाहरुका प्रत्यक्ष सहभागितामा पोल्ट्री सम्बन्धि गोष्ठी, बैठक, अन्तरक्रिया आयोजना हुने उक्त प्रदर्शनीमा नेपाल भेटेरिनरी संघको सहकार्यमा ४ दिने ‘पोल्ट्री पाठशाला’ सेमिनारको आयोजना रहने कार्यक्रम छ ।

उक्त प्रर्दशनीमा नेपाली कृषकहरु नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्यम केन्द«, नेपाल उद्योग वाणिज्य महासंघ, लगायत नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसीया, सिंगापुर, ताइवान, इटली, इजराइल, बांग्लादेश, लगायत अन्य देशहरुका पोल्ट्री कम्पनीहरुका उल्लेखनीय सहभागीता रहने छ ।

उक्त प्रदर्शनीबाट नेपाली पोल्ट्री कृषकहरूद्धारा उत्पादित वस्तुहरुको कम लागतमा अन्तर्राष्ट्रिय स्तरका उत्पादन भई उपभोक्ताले सस्तो, सुलभ तथा गुणस्तरीय पोल्ट्रीजन्य उत्पादनहरु पाउने र देशको अर्थतन्त्रमा हालको खबौको लगानी र लाखौंको रोजगारी बाट महत्वपूर्ण योगदान दिएको पोल्ट्री क्षेत्रको अझै विकास र विस्तार हुनुका साथै नेपाल भ्रमण वर्ष २०२० मा समेत उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया