मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

४ बर्ष अगाडि

मोटरसाइकल दुर्घटनामा परी  बारामा तीन जनाको मृत्यु भएको छ । 

लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका  ३५ वर्षीय मञ्जय ठाकुरको  मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । 

उनले लङ्गडाचोकबाट बाजोपटीतर्फ जाँदै गरेको ना२३प २७४६ नंको मोटरसाइकल डोरा खोलामा दुर्घटना हुँदा पतरौता नगरपालिका–८ बस्ने २२ वर्षीय मोटरसाइकल चालक विजय यादव र  सोही वडाका ५५ वर्षीय रामेश्वर यादवको समेत घटनास्थलमा सोमबार मृत्यु भएको जानकारी दिए । 

मृतक तीनै जनाको शव जिल्ला अस्पताल कलैयामा राखिएको र  परीक्षणपछि अफन्तजनलाई बुझाउने प्रहरीले जनाएको छ । 

यसअघि डोरा पुलमा दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया