काँग्रेस गुल्मीका प्रथम सभापति ज्ञवालीको निधन

४ बर्ष अगाडि

नेपाली काँग्रेस गुल्मीका प्रथम सभापति भागवत ज्ञवालीको अल्सर रोगबाट  निधन भएको छ । 

विगत केही समयदेखि उनी सो रोगबाट पीडित हुँदै आएका थिए ।  

पूर्वसांसद समेत रहेका उनको उपचारका क्रममा आज बिहान ललितपुरको अल्का अस्पतालमा निधन भएको हो । 

विसं २००१ कात्तिक १ गते गुल्मीमा जन्मनुभएका उहाँ २०४८ सालको निर्वाचनमा सोही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी  भएका थिए ।

नेपाली काँग्रेसले गुल्मीका अग्रज, निष्ठावान् एवम्  अभिभाव ज्ञवालीको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण क्षति पुगेको जनाएको छ ।

 पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गर्दै ज्ञवालीको निधनले आफूलाई दुःखित र स्तब्ध बनाएको जनाएका छन।

४ बर्ष अगाडि

प्रतिक्रिया