२१ हजार ढुवानीका साधन स्वचालित प्रणालीमा, ४१ लाख बील पेश गर्दा ८१ लाई मुद्धा

४ बर्ष अगाडि

सरकारले शुरु गरेको स्वचालित अनुगमन प्रणालीमा २१ हजार भन्दा धेरै मालबहाक सवारी साधन दर्ता भएका छन् । 

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटलाई नियन्त्रण गर्न र राजस्व संकलनलाई चुस्त बनाउन शुरु गरेको ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’मा द्दज्ञ हजार ट सय टढ दर्ता भएका हुन् ।  

यो प्रणालीमा दर्ता भएपछि मालवस्तु ढुवानी गर्ने साधनले मालसामान ओसार– पोसार गर्नुपूर्व माल सामानको विवरण वेभमा आधारित केन्द्रीय सूचना प्रणालीमा समावेश गरेर मात्रै ओसार–पोसार गर्नुपर्छ । 

सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट चोरी निकासी र पैठारी तथा अन्तरिक उत्पादनको परिवहन समेतलाई ट्रयाकिङ गर्न सो प्रणाली लागू गर्ने घोषणा गरिएको थियो ।  

सोही बमोजिम राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा १३ (ग) र २३१ अनुसार सफ्टवेयर प्रणाली कार्यान्वयनमा ल्याएको छ । 

गत असार देखि परिक्षण गरेर साउन १ गतेदेखि कार्यान्वयन गरिएको सो प्रणाली अनुसार भन्सारमा मालवहाक सवारी रोकेर चेकजाँच गर्नुपर्ने झन्झटबाट मुक्त हुनुको साथै आर्थिक कारोबार पारदर्शी र अनुगमन चुस्त भएको विभागले जनाएकाे छ । 

यस अवधिमा १८ लाख ७ सय ८४ वटा प्रेषित माल र ४१ लाख २० हजार ६ सय ५८ वटा बील इन्ट्रि भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही प्रणालीको अनुगमनका आधारमा विदेशी विनिमय अपचलन गरेको कसुरमा ८१ वटा मुद्दा दायर गरिएको छ। 

यो प्रणाली लागू भएपछि ढुवानीका साधनले सवारी हिँड्नुभन्दा अगाडि समानको वेब प्रणालीमा ‘इन्ट्री’ गरेपछि ‘क्युआर कोड’  प्राप्त हुन्छ । सोही आधारमा सवारीको निगरानी भइरहेको हुन्छ र सवारी गन्तव्यमा पुग्न साथ पुनः जानकारी इन्ट्री गराएर समान ‘रिसिभ’ गर्नै सकिन्छ ।  

सो प्रणालीमा पठाउने ट्रेड कम्पनी, चालकलगायतको सम्पूर्ण साथै सामानको प्रकृतिसमेत खुलाएर विवरण इन्ट्री गरिन्छ । सामान गन्तव्यमा पुगे नपुगेको सामान सम्बन्धित निकायले पाए नपाएको समेत अनलाइनबाट नै ट्रयाकिङ गरिन्छ । एकपटक इन्ट्री गरेपछि पुनः थपघट गर्न पनि पाइँदैन । 

सो बाध्यकारी व्यवस्था अनुसार ढुवानीकर्ताले कागजपत्र देखाइरहन पर्ने झण्झट हुँदैन । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया