तीन कम्पनीले २ अर्ब २७ करोड बराबरको आइपीओ ल्याउन बोर्डबाट पाए अनुमति

४ बर्ष अगाडि

धितोपत्र बजारमा तीन कम्पनीको २ अर्ब २७ करोड रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) आउने भएको छ ।

धितोपत्र बोर्डले तीन कम्पनीलाई (आइपिओ) निष्काशनका लागि अनुमति दिएसँगै २ करोड २७ लाख कित्ता शेयर बिक्रीमा आउने भएको हो । 

बोर्डले एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, शिबश्री हाइड्रो, र नेपाल पुनर्बीमा कम्पनीलाई आइपीओ निष्काशनका लागि अनुमति दिएको छ । 

बोर्डले  शिबश्री हाइड्रोको ३३ करोड ५१  लाख बराबरको ३३ लाख ५१ हजार कित्ता आइपीओ निष्काशन गर्न असोज १ गते नै अनुमति दिएको थियो भने एनआरएन इन्फास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनीलाई फाल्गुन ४ गते अनुमति दिएको हो ।

एनआरएन इन्फास्ट्रक्चर कम्पनीले ३३ करोड ९८ लाख रुपैयाँ बराबरको ३३ लाख ९८ हजार कित्ता शेयर निष्काशन गर्नेछ ।  नेपाल पुनर्बीमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता शेयर निष्काशन गर्ने जनाइएकाे छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया