विस्फोटक पदार्थसहित बिप्लब समुहका पाँच पक्राउ

४ बर्ष अगाडि

विस्फोटक पदार्थसहित प्रहरीले नेत्रविक्रम चन्द समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका–१ गुफापोखरीबाट आज पक्राउ गरेको छ । 

सो समूहका जिल्ला सदस्य चैनपुर–४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित पाँचजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । 

शङ्कास्पद रुपमा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट प्रहरीले रेडबुल बम एक, सकेट बम एक थान, विस्फोटनमा प्रयोग हुने सेफ्टी फ्युज तथा तारलगायत मोबाइल तथा विभिन्न कागजात बरामद गरेको बताइएको छ । 

पक्राउ परेका अन्य चारजनाको नाम भने प्रहरीले खुलाएको छैन । माघ २ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले माघ ६ गतेमात्र सार्वजनिक गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया