स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित

४ बर्ष अगाडि

आगामी फागुन १४ गते हुने तय भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ ।

त्रिवि कार्यकारी परिषदको सोमबार बसेको बैठकले विशेष कारण देखाउँदै अनिश्चित कालका लागि निर्वाचन स्थगित भएको जनाएको हो ।
त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने पुस २० गते निर्णय गरेको थियो ।

यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो । त्यतिखेर निर्वाचितत पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएपछि आगामी फागुन १४ गतेसम्म मात्र थप गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया