एमसीसीको बिरोधमा भोली माओवादीको नेपाल बन्द

४ बर्ष अगाडि

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी माओवादीले भोली नेपाल बन्दको आह्वान गरेको छ । 

एमसीसी सम्झौता राष्ट्रघाती भएको र सम्झौता कार्यान्वयन भए नेपालीभूमी विदेशी सेनाको सैन्य अखडा हुने भन्दै फागुन ७ गते नेपाल बन्दको आयोजना गरिएको माओवादीले जनाएको छ । 

सो पार्टीले एमसीसी सम्झौता खारेजीको माग गर्दै गत माघ १५ देखि विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । 

आन्दोलनकै कार्यक्रम अन्तर्गत फागुन ७ गते नेपाल बन्दको कार्यक्रम राखिएको सो पार्टीका अध्यक्ष केशवद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

शान्तिप्रक्रियापछि तत्कालिन माओवादी नेतृत्वले जनतालाई धोका दिएको र जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने भन्दै केशवले नेकपा माओवादी पार्टी गठन गरेका थिए। 

एमसीसी सम्झौताको बिरोधमा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र, मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मशाल, विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतले पनि विभिन्न बिरोधका कार्यक्रम गरिरहेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया