७० औँ प्रजातन्त्र दिवस : देशैभर विविध कार्यक्रम गरि मनाईंदै

४ बर्ष अगाडि

काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ ।


यस्तै नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया