कारोबारको पहिलो घण्टा: झिनो अकंले बढ्यो नेप्से

४ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा १.१७ अंकले उकालो लागेको छ ।

कारोबार सुरु भए देखिनै  उकालो यात्रा तय गरेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा १ अकंले उकालो लागेको हो ।

आज १३९९.३०  को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १४०१.१८ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को   १३९९.३०  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.०८ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ६ वटै उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १४९ कम्पनीको ६ लाख ५४ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २९  करोड ४३  लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया