होटल व्यवसायी सङ्घमा भट्टराई

४ बर्ष अगाडि

होटल व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा दुर्गाविलास भट्टराई निर्वाचित भएका  छन  । 

मङ्गलबार दमौलीमा सम्पन्न सङ्घको दोस्रो अधिवेशनबाट भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

अधिवेशनबाट सङ्घको उपाध्यक्षमा रामबहादुर आले, गिरबहादुर थापा, मीनाकुमारी श्रेष्ठ, सचिवमा सोम थापा, सहसचिवमा विनोदकुमार मल्ल, कोषाध्यक्षमा भीमलाल श्रेष्ठ र सहकोषाध्यक्षमा सङ्गीता उच्चै ठकुरी निर्वाचित भएका हुन । 

त्यस्तै सदस्यमा भीम मल्ल ठकुरी, उमानाथ भट्टराई, लोकराज पन्थ, सूर्य तिमिल्सिना, विवेक सापकोटा, रोशन बानियाँ, दिपन राई, धनमाया आले, रामकुमार मल्ल, देवनारायण श्रेष्ठ, वसन्तकुमार श्रेष्ठ, चन्द्रकुमार वाग्ले, थानबहादुर थापा, वीरबहादुर श्रेष्ठ, सन्तबहादुर थापा, लोकनारायण श्रेष्ठ, कमलचन्द्र लम्साल निर्वाचित भएका छन ।

अधिवेशनको उद्घाटन गर्दै होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष हिराध्वज शाहले व्यवसायीले पाहुनालाई सफा, स्वच्छ र गुणस्तरीय खानाका परिकार पस्कनुपर्ने बताए । 

शाहले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन होटल व्यवसायीको पनि महत्वपूर्ण भूमिका रहने र त्यसका लागि व्यवसायी प्रतिबद्ध रहेको बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया