महाशिवरात्रिमा सानिमा बैंकको यस्तो छ योजना

४ बर्ष अगाडि

सानिमा बैंकले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकलाई विशेष योजना सहितको विभिन्न छुट दिने भएको  छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई लक्षित गर्दै तीन दिनका लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको जनाएको छ ।

यो योजनाअन्तर्गत बिवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउने बैंकले जनाएको छ । साथै, यो योजनामा महिला ग्राहकले १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउने जनाएको छ । यस योजना फाल्गुन ०७ देखि ११ सम्मका लागि रहेको जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया