प्रियंकाले अभिनय गर्ने बलिउड फिल्मको टुङ्गो लागौँ

५ बर्ष अगाडि

इन्गेजमेन्टका कारण अन्तिम समयमा सलमान खानसँगको 'भारत' फिल्मबाट अलग  भएकी प्रियंका चोपडाले अभिनय गर्ने बलिउड फिल्मको टुङ्गो लागेको छ।

उनले विशाल भारद्वाजको निर्माण-निर्देशनमा बन्ने फिल्ममा काम गर्ने पक्का भएको हो। सोको पुष्टि स्वयं भारद्वाजले गरेका हुन्।

'पटका' फिल्मको गीत सार्वजनिक समारोहमा उनले प्रियंकाले आफ्नो फिल्म खेल्न लागेको बताएका हुन्। उनले दुबैजना एकअर्कासँग काम गर्न तयार रहेको र हाल फिल्मको स्क्रिप्टको काम भइरहेको बताए। उनका अनुसार फिल्मको सुटिङ आगामी वर्ष सुरू हुनेछ।

फिल्मकै लागि विशाल र प्रियंकावीच चार चरणमा कुराकानीसमेत भएको फिल्मफेयरले आफ्नो समाचारमा उल्लेख गरेको छ।

दुबैले यसअघि 'कमिने' तथा ' सात खुन माफ' फिल्ममा एकसाथ काम गरिसकेका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया