पहिलो खेलमा नेपाल ओमानसँग पराजित

५ बर्ष अगाडि

 
एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा ओमानले नेपाललाई ७ विकेटले हराएको हो ।


नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । ओमनलाई जित दिलाउन खवार अलीले उत्कृष्ट पारी खेले ।

अलीले तेस्रो विकेटका लागि वैभव वाटेगओंकरसँग ७६ रनको साझेदारी गरे । यससँगै खेल ओमानको पक्षमा गएको थियो । ३६.४ ओभरमा वैभव रन आउट भए । उनले व्यक्तिगत ४१ रन बनाए ।

तर, अलीले चौथो विकेटका लागि जिशन मक्सुदसँग अविजित ७७ रनको साझेदारी गर्दै ओमानलाई जित दिलाए । अली ८४ रन अविजित रहे भने मक्सुद ४५ रनमा नटआउट रहे । जतिन्दर सिंह ३० र अकिब इल्यासले १६ रन बनाए ।

बलिङतर्फ नेपालका कप्तान पारस खड्काले एक विकेट लिए । सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, बसन्त रेग्मी र सागर पुनले विकेट लिन सकेनन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया