यस्ता छन् बलिउडमा ५ खतरनाक अभिनेता

५ बर्ष अगाडि

मुम्बई –पछिल्लो समय बलिउडमा यस्ता पनि फिल्म निर्माण भएका छन् । जुन फिल्ममा एक्सन र फाइट अत्याधिक देख्न मिल्छ । ती फिल्मका अभिनेताले सानदार एक्सनमार्फत दर्शकको मन जित्नुका साथै यस्ता फिल्मतिर दर्शक लोभ्याउन पनि सफल छन् । आज चर्चा ती अभिनेताको गर्न खोजिएको छ । जो बलिउडमा खतरनाक स्टन्ट गर्ने अभिनेताको रुपमा चिनिन्छन् । 

विद्युत जामवाल 
विद्युतको नाम विश्वका टप मार्सल आर्टिस्टको लिष्टमा पर्छ। विद्युत बलिउडका सबैभन्दा शक्तिशाली अभिनेता भनेर समेत चिनिएका छन् । उनको सबै फिल्ममा भरपुर एक्सन र खतरनाक स्टन्ट रहने गर्दछ ।  फिल्मका लागि खतरनाक सबै स्टन्ट उनी आफै गर्ने गर्दछन् । 

सनी देओल 
सनी देओलले हरेक फिल्ममा आफ्नो तागतको प्रमाण पेस गरेका छन् । सनीले निजी जीवनमा पनि आफ्नो तागतको सदुपयो गरेको देख्न सकिन्छ । एक फिल्मको सुटिङमा उनलाई रिस उठेको थियो । उक्त घटनामा उनले एक औलोले कपडा च्यातेका थिए । सनी पनि आफ्नो फिल्ममा स्टन्ट आफै गर्ने अभिनेता हुन् । 

अक्षय कुमार 
बलिउडका खेलाडी कुमार अक्षयलाई कुनै परिचयको आवश्यक छैन । अक्षयले बलिउडका एक से एक फिल्म अभिनय गरेका छन् । अक्षय कुमारलाई एक्सन र स्टन्टको गुरु समेत भनिएको छ । अक्षयको हरेक फिल्ममा धमाकेदार एक्सन र स्टन्ट हुने गर्दछन् । 

टाइगर श्राप 
बलिउड अभिनेता ज्याकी श्रापका छोरा टाइगर पनि एक्सनका कारणले चिनिएका छन् । उनले फिल्म बागीमा पनि भरपुर एक्सन देखाएका थिए । उनी खतरनाक स्टन्ट गर्नमा समेत माहिर छन् । 

जोन अब्राहम 
जोन अब्राहमको नाम पनि खतरनाक स्टन्ट गर्ने अभिनेताको लिष्टमा सामिल छ । उनले आफ्ना सबै फिल्ममा एक से एक एक्सन देखाएका छन् । फिल्ममा खतरनाक एक्सन गर्न मनपर्ने बताउने उनी स्टन्ट पनि आफै गर्न रुचाउँछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया