सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदमा बार्गेनिङ्ग गर्ने निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको निजी सचिवालयमा अख्तियारले छापा मारेको छ ।
अख्तियारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छापा मारेर बास्कोटाका कागजपत्र सिलबन्दी गरेको छ ।
बिहीबार मन्त्रालय पुगेका अख्तियारका सादा पोशाकका प्रहरीले निजी सचिवालयको कागजात जफत गरी मन्त्रीले प्रयोग गर्ने दराजमा रहेका कागजात सिलबन्दी गरेका छन् ।
बुधबार बेलुका मात्रै बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि बिहीबार बास्कोटाले मन्त्रीपदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया