स्वास्थ्यबीमा बोर्डका पदाधिकारीलाई बर्खास्तीको तयारी

४ बर्ष अगाडि

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्यबीमा बोर्डका पदाधिकारीलाई बर्खास्त गर्ने तयारी गरेका छन् । 

चितवनमा एकैपटक अढाईलाख बीमित घटेपछि बोर्डका अध्यक्षसहित  कार्यकारी निर्देशक र चार जना सदस्यलाई बर्खास्तीको तयारी गरेका हुन् । 

बर्खास्तीको प्रकृयास्वरुप मन्त्री ढकाललले बोर्डका अध्यक्ष डा. उमाशंकर प्रसाद, कार्यकारी निर्देशक रमेशकुमार पोखरेल, बोर्ड सदस्यहरू डा. सतिशकुमार देव, डा. दीपेन्द्रकुमार यादव, डा अनिरा वैद्य र प्रीती रमणलाई स्पष्टिकरण सोधेका छन् । उनीहरुमध्ये देवले भने सदस्य पदबाट केहीदिनअघि राजीनामा दिइसकेका छन्। 

केही दिनअघि स्वास्थ्य राज्यमन्त्रीले उनीहरुलाई बोलाएर राम्रो काम गर्न नसके राजीनामा दिन निर्देशन दिएका थिए। 

९ बुँदामा सोधिएको सात दिने स्पष्टीकरणमा सरकारको प्राथमिकतामा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन नभएको विषयमा केन्द्रित छ । 

नेपालमा स्वास्थ्यबीमा कार्यक्रम २०७२ चैत २५ गते देखि शुरु भएको थियो । 

इलाम, कैलाली र बाग्लुङबाट शुरु भएको स्वास्थ्य बिमाका हाल देशका  ५० वटा जिल्लामा हालसम्म ९ लाख ३७ हजार ८७४ जना सदस्य छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया