सिरानीमा बार्गेनिको अडियो राखेर भाषणमा भ्रष्टाचार बिरुद्ध कसम

४ बर्ष अगाडि

गत सोमबार प्रधानमन्त्री ओलीले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटोको प्रसंसा गर्दै काभ्रेको एक कार्यक्रममा भनेका थिए, ‘...आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा र अर्कातिर अरु सबै जस्तो देखिएको छ ।’ 

प्रधानमन्त्रीले बाँस्कोटाको प्रशंसा गरेको २ दिनपछि बुधबार राती बुधबार राती निवर्तमान संचारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भयो । अडियो सँगै सार्वजनिक भयो रेकर्ड गर्ने स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्रले सो अडियो करिब डेढ महिना पहिले नै प्रधानमन्त्रीलाई सुनाएको घटना ।  

बार्गेनिङ्गको अडियो सार्वजनिक भएको त्यस्तै २२ दिन अगाडि गएको माघ १५ गते पनि सशस्त्र प्रहरीको १८ औँ वार्षिक उत्सवका अवसरमा प्रधानमन्त्रीले भनेका थिए ‘म आफू पनि भ्रष्टाचार गर्दिन, कसैलाई गर्न पनि दिन्न। भ्रष्टाचार गर्नेको मुख पनि हेर्दिन ।’

ती तीनवटा घटनाहरु अध्ययन गर्दा प्रधानमन्त्रीले भ्रष्टाचारजन्य कसुर (७० करोड कमिसनको बार्गेनिङ्ग) गर्ने व्यक्ति बाँस्कोटाको उग्र प्रशंसा  गरेका छन् भने अर्कोतिर भ्रष्टाचार बिरुद्धका अभिव्यक्ति झन् कडा पार्दै लगेका छन् । 

प्रधानमन्त्रीको बोली र भ्रष्टाचार जन्य कसुरमा संलग्नको आरोप लागेका विश्वासपात्र बाँस्कोटाको संरक्षणले जनतामा आशंका पैदा गरेको छ । 

यद्यपी बाँस्कोटाले घटनाको अडियो सञ्चारमाध्यममा सार्वजनिक भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् तर डेढ महिनाअघि अडियो सुनेका प्रधानमन्त्री ओलीले किन उनलाई किन हटाएनन् भन्ने प्रश्न चौतर्फी उठेको छ ।

जनताले प्रश्न गरेका छन् ‘सिरानीमा भ्रष्टाचारीको अडियो राखेर बाहिर भ्रष्टाचार बिरुद्ध किन खान्छन् प्रधानमन्त्री ?’ 


 

४ बर्ष अगाडि

प्रतिक्रिया