ओलीलाई तनाव हुने गरी आयो एमसिसी कार्यदलको प्रतिवेदन

४ बर्ष अगाडि

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा गठित कार्यदलले नेपाल र अमेरिकाबीच हस्ताक्षरित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई संशोधनपछि मात्र अनुमोदन गर्न शुक्रबार सिफारिस गरेको छ।

पूर्वप्रधानमन्त्री एवं दलका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले अहिलेकै अवस्थामा उक्त सम्झौता कार्यान्वयन गर्ने हो भने राष्ट्रिय सार्वभौमिकता र नेपाल तथा नेपालीको स्वतन्त्रतामा गम्भीर असर पर्ने ठहर गरेको छ। अहिलेकै अवस्थामा ५० करोड अमेरिकी डलरबराबरको उक्त सहयोग सम्झौता कार्यान्वयन नगर्न सिफारिस गरिएको छ। 

संसद्बाट अहिल्यै उक्त सम्झौता पारित गर्न नहुने ठहरसहित कार्यदलमा सम्झौतामा ‘आपत्तिजनक प्रावधान’ रहेको उल्लेख गरेको छ। अमेरिकाले अन्तरदेशीय विद्युतीय प्रसारण लाइन र सडक स्तरोन्नति परियोजनामा उक्त रकम खर्च गर्ने प्रस्ताव गरेको छ। नागरिक दैनिकमा खबर छ । यसअघि प्रधानमन्त्री केपी ओलीले एमसीसी पास हुने बताउँदै आएका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया