मेलिना राई र सुकदेब अधिकारीको "के भनौं हजुर र" सार्वजनिक

४ बर्ष अगाडि

काठमाडौं । मन परेको मायालाई के भन्ने र ? मेरो राजा, मेरो बाबा, मेरी रानी, बेबी, काले-काली आदि । यी त प्रेमले बोलाउने बैकल्पिक नामु हुन् । सम्बोधन कसरी गर्ने त?तँ, तिमी, तपाईं, हजुर वा त मौसुफ नै ? अँह प्रेमले बोलाए सबै शब्द प्रेमिल लाग्छन् । यस्तै भाव समेटिएको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

चर्चित लोक गायिका मेलिना राई र चर्चित गायक सुकदेव अधिकारीको स्वरमा रहेको गीत के भनौं हजुर रुु बोलको गीतको म्युजिक भिडियो सार्बनिक भएको हो ।

यो गीतको सूरुआतमा प्रेमीले सोध्छन् ( ए मेरी रानीलाई के भनौं म हजुर रु प्रेमिकाको उत्तर आउँछ ( ए म त हजुरकै रानी हुँ जे भन्नुस् हजुर । यसपछि गीत सुरु हुन्छ । गीतको मुख्य बोल भने ओइ मेरी रानीलाई ! तँ भनि बोलाउ कि भनौं म हजुर? छ ।

हुन त सरकार चलाइरहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना छोराछोरी, श्रीमती र आफूभन्दा साना कसैलाई पनि तँ नभन्नु भनी नेता-कार्यकर्तालाई निर्देशन गरेको छ । तर यो गीतमा भने प्रेमले जे भन्दा पनि हुन्छ भन्ने स्वीकृति दिइएको छ ।

युवा समाजसेवी लोकेश खत्रीले लगानीमा बनेको म्युजिक भिडियो ‘के भनौं हजुर’ भावना म्यूजिक प्रालि सोलुसनको युट्युव च्यानलमार्फत सार्वजनिक छ । 

भिडियोमा नायिका आँचल शर्मा र विमल अधिकारीले अभिनय गरेका छन् । भिडियो निर्देशन  काजी श्रेष्ठले गरेका हुन् । 

विमल अधिकारीकै लय(शब्दमा रहेको गीतमा गायिका मेलिना राई र सुकदेव अधिकारीको स्वर अत्यन्तै कर्णप्रिय सुनिएको छ ।

यसअघि सुकदेव र मेलिलीनाकै स्वर रहेको कल्ले बोलायोु गीतको  म्युजिक भिडियो सार्वर्बजनिक भएको थियो । उक्त म्युजिक भिडियो निकै चर्चित बन्यो । त्यसकै सफलतापछि ‘के भनौं हजुर’ ल्याइएको निर्माण टिमले जनाएको छ ।

गीतको म्युजिक भिडियो:

https://www.youtube.com/watch?time_continue=590&v=BD4eRcih7k0&feature=emb_title

 

४ बर्ष अगाडि

प्रतिक्रिया