सुनको मुल्यले रच्यो इतिहास : ७८ हजार ८०० मा कारोबार हुदै

४ बर्ष अगाडि

नेपाली बजारमा पछिल्लो समय दिनहुँ सुनको मुल्यमा नयाँ रेर्कड कायम हुदै गएको छ ।केहि साता देखि उच्च बिन्दुमा सुनको मुल्य कारोबार हुदै आएको छ ।
यस्तै आज साताको पहिलो दिन सुनको मुल्य एकै दिन ७ सयले बढेको छ ।
आज सुन प्रतितोला ७८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।गत शुक्रवार सुन ७८ हजार १ सयमा कारोबार भएको थियो ।यस्तै तेजावी सुनको मुल्य ७८ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यस्तै,चाँदी शुक्रबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय २० रुपैयामा कारोबार भइरहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया