कोरोना भाइरसका कारण विजयपुर हाइड्रोको उत्पादनमा समस्या

४ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरसको कारण  कास्कीमा निमाृणाधिन ४.५ मेगावाट क्षमताको विजयपुर–२ जलविद्युत आयोजनाको विद्युत उत्पादन पर धकेलिएको छ ।

नयाँ वर्ष मनाउन गएका चिनियाँ प्राविधिक कोरोना महामारीले नेपाल फर्कन नसक्दा आयोजनाको उत्पादन पछि सरेको बताइएको छ ।

प्राविधिक कर्मचारी नहुँदा आन्तरिक परीक्षणको काम सुरु हुन सकेको छैन । प्राविधिक इलेक्ट्रोमेकानिकल उपकरण आयातकर्ता कम्पनीका प्राविधिक हुन् ।

‘फागुनभित्र विद्युत उत्पादन सुरु गर्ने गरी काम भइरहेको भएपनि विद्युतगृहमा उपकरण जडान गर्ने प्राविधिक चीन गएका थिए ।

सोही कारण गत माघ २० गतेदेखि निर्माण ठप्प रहेको छ । आयोजनाको काम रोकिँदा उत्पादन अनिश्चित बनेको छ ।

प्राविधिक नआउँदा उत्पादन तालिका प्रभावित भएकोबारे कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई जानकारी गराएको छ । कम्पनीले तालिकाअनुसार विद्युत उत्पादन सुरु गर्न नसक्ने व्यहोराको पत्र पठाएर प्राधिकरणलाई जानकारी गराएको बताइएको छ ।

आयोजनामा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सकिएको छ । प्राविधिक फर्किएपछि मात्रै आन्तरिक परीक्षण सुरु गर्न सकिएको छैन ।

कोरोना प्रभावले कामदार फर्कन नसक्दा चिनियाँ ठेकेदार कम्पनीले निर्माण गरिरहेका अधिकांश जलविद्युत आयोजनाको निर्माण रोकिएको छ  ।

४ बर्ष अगाडि

प्रतिक्रिया