१० बर्षदेखि बाँकी रहेको बीमा संस्थानको बीमांकीय मुल्यांकन अब १० महिनामै समितिका अध्यक्षको यस्तो घोषणा

४ बर्ष अगाडि

काठमाडौं – बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले १० बर्षदखि बाँकी रहेको राष्ट्रिय बीमा संस्थाानको बीमांकीय मुल्यांकन प्रतिवेदन आफ्नै कार्यकालमा स्वीकृत गर्ने बताएका छन् । उनको कार्यकाल अझै १० महिना बाँकी छ । त्यस अवधी भित्र १० बर्षदेखि हुन नसकेको संस्थानको बीमांकीय मुल्यांकन प्रतिवेदन स्वीकृत गर्ने उनको घोषणा छ ।
उक्त काम गर्न सकेमा आफ्नो कार्यकाल सफल भएको अनुभव हुने उनको भनाइ छ । आइतबार काठमाडौंमा संस्थानको ५३ औं बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बार्षिक उत्सवमा संस्थान पक्षले बीमा समितिले बीमांकीय मुल्यांकनको प्रतिवेदन बर्षाेदेखि स्वीकृत नगरेको गुनासो गरेका थिए । त्यसको प्रति उत्तरमा अध्यक्ष चापागाईंले यस्तो बताएका हुन् ।
बीमा सस्थानको २०६४÷६५ देखिको बीमांकीय मुल्यांकन हुन सकेको छैन । फलस्वरुप संस्थानको बार्षिक साधारण सभा गर्न सकेको छैन । त्यस मध्ये २०६९÷७० सम्मको बीमांकीय मुल्यांकन प्रतिवेदन स्वीकृतिका लागि बीमा समितिमा पठाइको छ । तर, बर्षाे भयो समितिले त्यसलाई स्वीकृति गरेको छैन । साथै, संस्थानले २०७०÷७१ देखि २०७३÷७४ सम्मको लेखापरिक्षण गरेर बीमांकीलाई बीमांकीय मुल्यांकन गर्न पठाएको छ । साथै, त्यसपछिका आवको पनि लेखापरिक्षण गर्ने काम भइरहेको छ ।
बीमांकीले कम्पनीको बर्तमान अवस्थाको बारेमा आवश्यक मुल्यांकन गर्ने हो । तर, बर्ष बर्षको छुट्टा छुट्टै बीमांकीय मुल्यांकन गर्न प्राविधिक समस्या भएपछि समितिले संस्थानको हालसम्म बाँकी रहेको बीमांकी मुल्याकन एकमुष्ट रुपमा गरिने भएको छ । यसका लागि बीमा समिति, संस्थान र समितिको कन्सलटेन्ट बीमांकी बीच सहमति पनि भइसकेको छ । साथै, एक जना नेपाली बीमांकीलाई यसको लागि स्वीकृति पनि दिइको छ । 
अध्यक्ष चापागाईंले भने, ‘मरो कार्यकाल १० महिना बाँकी छ । यो १० बर्षसम्म हुन नसकेको बीमांकीय मुल्यांकन यो १० महिनामा पार लगाएर छोड्  छु ।’
यद्यपि, संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई छुट्टाएर पनि सोचेअनुसरुप परिवर्तन नदेखिएको उनको भनाइ छ ।  उलने भने, ‘संस्थान र कम्पनी छुटिएपछि संस्थानले गति लिने अपेक्षा थियो । तर, चाथौ बर्षसम्म आउँदा पनि सोचेअनुरुप परिवर्तन देखिएन ।’

४ बर्ष अगाडि

प्रतिक्रिया