सिटिजन्स बैंक र सिद्धार्थ बिजनेस ग्रुपले सहकार्य गर्नै

४ बर्ष अगाडि

सिटीजन्स बैंक इन्टरनेसनल लिमीटेड र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटी बिच एक समझौता भएको छ ।

बैकंका ग्राहकहरुलाई विभिन्न सेवामा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझौता पश्चात हस्पिटालिटीको देशैभर रहेका होटल ,क्याफे तथा रिसोर्टहरुमा विशेष छुट पाउने जनाइएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरूबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया