अल्लोबाट चिनिँदै चित्रकली

४ बर्ष अगाडि

नौ बहिनी गाउँपालिका–१ स्याउलीवाङकी  चित्रकली बुढामगर १० वर्षको उमेरदेखि अल्लोबाट गाढाँ बनाइन् । मगर जातिमा महिलाले १० वर्षमै आपूmले लगाउने गाढाँ बनाउनुपर्ने परम्पराअनुसार उनले गाढाँ बनाउन सिकिन् । 

सानै उमेरदेखि अल्लोको काम गरेकी चित्रकली अहिले जिल्लामै व्यावसायिक रुपमा अल्लो व्यवसाय गर्दै आएकी छिन्। विसं २०५७ देखि धागो खरिद–बिक्री, २०६२ सालमा अल्लोको धागोबाट कपडा बुन्ने तालीम लिएकी उनले २०६३ सालमा कोठी हिमाल अल्लो कपडा उद्योग दर्ता गरी बाहानेमा व्यावसायिक रुपमा अल्लो व्यवसाय सञ्चालन गरेकी हुन् ।  

व्यावसायिक रुपमा अल्लो व्यवसायमा लागेकी चित्रकली प्यूठानकी एक सफल उद्यमी मानिन्छिन् । जिल्ला लघुउद्यम सङ्घको संस्थापक सदस्य हुँदा जिल्लाबाहिर अल्लोको अवलोकन भम्रणमा गएको र यसले आपूmलाई उद्योग स्थापनाका लागि प्रेरणा दिएको उनी सुनाउछिन् । 

गत वर्ष अल्लोबाट लगभग रु ३६ लाखको कारोवार भएको उनले बताइन् । महिलाले पहाडी भेगमा पाइने चाल्ने सिस्नो प्रशोधन गरेर धागो बनाई त्यसबाट झोला, कोट, गलबन्दी, टोपी, पछ््यौरीलगायत कपडा निर्माण गर्ने गरेका उनले बताइन् । उनीहरूले तयार गरेका कपडा तथा प्रशोधित धागोको माग जिल्लाबाहिर बढी छ । “यहाँको उत्पादन जिल्लाबाहिर नै बढी बिक्री हुन्छ”, उनले भने, “यहाँ उत्पादित प्रशोधित धागो र सामान काठमाडाँै र पोखरा निर्यात हुँदै आएको छ ।” 

उनले पछिल्ला वर्षमा मेला, महोत्सव र राजनीतिक दलका ठूला कार्यक्रममा अल्लोबाट निर्मित सामग्रीको प्रचारसँगै कारोवारसमेत गर्नुभएको छ । उनीसँगै महिला उद्यमीले अल्लोका कपडा उत्पादन गरी वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । जिल्लाको उत्तरी भेगका लिघा, खवाङ, स्याउङ्लिवाङ, ओखरकोट लगायतका गाउँका महिलाले अल्लोबाट आम्दानी गर्दै आएका छन् । 

“छोरीले दश वर्ष उमेर पुगेपछि आफ्ना लागि आफैँ गाढाँ÷भाङ्ग्रा बनाउने चलन थियो”, चित्रकलीले भनीन्, “छोरालाई विवाह नगर्दासम्म आमाले बनाइदिन्थे ।” धागो काट्ने परम्परागत पेशालाई आफूले व्यावसायिक बनाएको उहाँको भनाइ छ । कोरिया विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट अल्लो पकाउने आधुनिक यन्त्रका लागि रु दुई लाख सहयोग पाएकाले यसलाई आधुनिक बनाउन सहज भएको उद्यमी उनले बताइन्। त्यस्तै उनले अघिल्लो वर्ष गाउँपालिकाले रु दुई लाख पाएको समेत बताइन्् । उहाँले आफ्नो उद्योगमा पाँचजना बुन्नका लागि र चारजना सिलाउने गरी नौजनालाई रोजगारीसमेत दिएकी छिन्। 

त्यस्तै श्रीमान् खिमबहादुर बुढा, छोराहरु दीपेन्द्र र तिलबहादुरले समेत उद्योग सञ्चालनमा सहयोग पु¥याएको उद्यमी उनले बताइन् । अल्लो उद्यमी चित्रकली ५ नं प्रदेशको स्थापना दिवसमा प्रदेश रत्न पदकबाट विभूषित भएकी थिइन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया