सेयर बजार प्रवेश गर्नुअघि के कुरामा ध्यान दिने ?

५ बर्ष अगाडि

प्रकाश पौडेल
आजभोलि समाचारमा नेप्से यति अङ्कले बढ्यो, यति अङ्कले गिरावट आयो भन्ने सुनिन्छ । समय परिवर्तन सँगसँगै नेप्से कहिले हरियो हुन्छ त कहिले रातो । हरियो हँुदा लगानीकर्तामा खुसीयाली छाउँछ भने नेप्से रातो हुदाँ लागनीकर्तामा निरास भाव सिर्जना हुन्छ । नेप्से पूरै रातो भएपछि बजारमा विभिन्न खालका तर्क वितर्क सुरु हुन्छ । विभिन्न पक्षहरूलाई दोष लगाइन्छ । नेप्से हरियो भएपछि सेयर खरिदका फेरि तँछाड मछाड हुन्छ । यस्ता क्रियाकलापले नयाँ सेयर खरिदकर्ताहरू बजारमा प्रवेश गर्न हिचकिचाउने र नवप्रवेशीहरू बजार छाड्ने मनसायमा हुन्छन् । 
बजरमा चलेका विभिन्न हल्लालाई हामी सहजै विश्वास गर्दछौँ । पूर्ण ज्ञान नहुनाले ती हल्लालाई आधार मानी लागनी गर्छांै । लहैलहैमा गरेको लगानी, विनाआधारमा गरेको लगानीबाट कहिले काही फाइदा त हुन्छ तर त्यो क्षणिक लाभ हुन सक्छ । तर दीर्घकालीन जोखिमलाई अध्यन गर्न नसकेमा लागनीकर्ताका लागि घातक बन्न सक्छ । सेयरबजारमा कोही  सफल, कोही असफल भएका उदाहरण प्रशस्त छन् । त्यसैले सफल तथा असफल हुनु व्यक्तिगत क्षमतामा भर पर्छ । यसलाई पत्ता लगाई दुवै कुरालाई आत्मसाथ गर्न सकियो भने हामी एक सफल लागनीकर्ता हुन सक्छौँ ।
बजारमा लगानी गरिसकेपछिको सबैभन्दा महत्वपूर्ण विषय धैर्यता होे । धैर्यता कायम राख्न नसकेमा बजारमा आउने विभिन्न उतारचढावले बजारमा टिक्न गाह्रो छ । बजार बढ्दा लगानी कर्ताको सम्पत्तिमा वृद्धि हुन्छ भने बजार घट्दा उसको सम्पत्तिमा कमी आउँछ । आजभोलि बजारमा के दिखिन थालेको छभने बजार बढ्दा मेरो सेयरको मूल्य यति भयो । फाइदा यति भयो भन्ने र बजार घट्दा यति नोक्सानी भयो उति घाटा भयो भन्ने प्रवत्ति छ । यसले लागानीप्रति बेरुची देखाउने र गतल हल्ला फिजाउँछ । विभिन्न कारणबाट बजार घटबढ हुन सक्दछ भन्ने कुराको मनन् गर्ने र बजारमा लगानी गरिसकेपछि सधँै जोखिम हुन्छ भन्ने कुराको आत्मसात गर्नसक्नुपर्छ । यी दुवै अवस्थामा लगानीकर्ताले बजारको अवस्था हेरी बढ्दा बढी उत्साहित हुने र घट्दा आत्तिने गर्नु हुँदैन  । यसले गर्दा नयाँ लागनीकर्ताहरूले पनि पुराना लगानीकर्ताहरूबाट केही शिक्षा प्राप्त गरून् । 
यी विभिन्न माथिका कुराहरू सुन्दा, पढ्दा नयाँ लगानी कर्तामा अन्योल आउनु स्वभाविक हो । तर कसरी बजारमा प्रवेश गर्ने भन्ने बारेमा दुविधा हुन सक्दछ । लागनीकर्ताले आफूले लागानी गरिसकेपछि त्यसबाट केही न केही प्रतिफल प्राप्त गर्ने अपेक्षा हुन्छ । नयाँ लगानीकर्ताले कसरी आफ्नो लगानीलाई कसरी सुरक्षित गर्ने, केकस्तो कुरामा ध्यान दिनुपर्दछ भन्नेतर्फ सधैँ ध्यान दिनुपर्दछ । यसबाट राम्रो प्रतिफल प्राप्त गर्ने सम्भवाना अधिक रहन्छ ।
सेयर बजरमा प्रवेश गर्न लाग्नुभएको छ वा भर्खर प्रवेश गर्नुभएको छ भने सर्वप्रथम सेयरसँग सम्बन्धित कुराका बारेमा जानकारी लिनुहोस् । सामान्य जानकारीविना नै बजारमा लगानी गर्नुभयो भने त्यसबाट अन्योल सिर्जना हुन जान्छ । यसले  तपार्इंलाई लगानी गर्न रुचि जाग्दैन । सेयर भन्ने कुरा धेरै सुनेको, पढेको कुरा हो तर यससँग सम्बन्धित अन्य कुराहरू थाहा नहुन सक्दछ । त्यसैले सर्वप्रथम सेयर भनेको के हो ? यसका प्रकार कति हुन्छन्, कस्ता कम्पनीले सेयर जारी गर्न पाउँछन् ? कति रुपियाँमा जारी गर्दछन् ? सेयर किन र कहिले निस्कासन हुन्छ ? धितोपत्र भनेको के हो ? बजार कति प्रकारका हुन्छन् ? सेयरको खरिद बिक्री कसरी हुन्छ ? नेप्से, धितोपत्र बोर्ड, सेयर रजिष्ट्रार, विभिन्न निति नियमको बारेमा सामान्य जानकारी लिनुभयो भने तपाईंलाई सहज हुन सक्दछ । यस कार्यबाट तपाईंको मनोबल बढ्छ । 
आजभोलि सामाजिक सञ्जालको प्रयोग निकै हुन्छ । तपाईंले त्यो समयमा पनि जानकारीमूलक सामाजिक सञ्जालका एकाउन्टहरूबाट जानकारी लिन सक्नुहुन्छ । यससँग सम्बन्धित कुराहरूको समान्य जानकारी लिई सकेपछि सोको बारेमा आफ्नो परिवार तथा साथीहरूको समूहमा छलफल गर्नुहोस् । कहिलेकाहीँ आफूलाई प्राप्त जानकारी अपूर्ण तथा गलत पनि हुन सक्दछ । ओर्कोतर्फ जानकारीहरूको आदन प्रदान हुन्छ र थप नयाँ तथा नवीनतम् कुराहरू प्राप्त गर्न सकिन्छ । यसबाट तपार्इंलाई बजार प्रवेश गर्न थप प्रेरण प्राप्त हुन्छ ।
२. प्राथमिक बजारमा लगानी गर्नहोस् ।
तपाईं दोस्रो बजारमा प्रवेश गर्नपूर्व प्राथमिक बजारमा लगानी गर्नु तपार्इंलाई हितकारी हुन सक्दछ । प्राथमिक बजारमा लगानी गरी दोस्रो बजारमा जानेहरूले बढी सफलता प्रप्त गरेका उदाहरण भेटिन्छन् । तपाईंले सुन्दा केही ज्ञान प्राप्त हुन्छ, यदि तपार्इंले त्यसलाई साँच्चिकै प्रयोग गर्नुभयो भने अत्यधिक ज्ञान प्राप्त हुन्छ । प्राथमिक बजारमा लगानी गर्दा कम जोखिम हुनुका साथै यसबाट बजारका बारेमा धेरै जानकारी प्राप्त हुन्छ । आफूले लगानी गरेका कम्पनीको बारेमा जानकारी लिन उत्सुकता हुन्छ । यसले तपाईं पत्रपत्रिका पढ्दा, समाचारहरू हेर्दा आफूले लगानी गरेको कम्पनीको समाचारको बारेमा चासो देखाउनुहुन्छ । समाचार पढ्ने बानीको विकासले गर्दा तपाईं अन्य कम्पनीको पनि समाचार हेर्न थाल्नु हुन्छ । यसबाट तपाईंलाई बजारसँग सम्बन्धित कुराहरूको बारेमा बढीभन्दा बढी जानकारी मिल्छ । तर प्राथमिक बजारमा लगानी गर्दा तपाईलाई सधैँ सेयर पर्छ भन्न सकिँदैन । किनभने आजभोलि प्राथमिक सेयर निष्काशन गर्ने कम्पनी थोरै तथा तिनीहरूले निष्काशन गर्ने सेयर सङ्ख्या कम हुनु तथा सेयर आवेदक गर्नेको सङ्ख्या मागभन्दा सयौँ गुणा हुनाले यस्तो समस्याको सिर्जना भएको छ । साना लगानीकर्ता धेरै हुने भएकाले गोला प्रथा हुने भएकाले तपाईंले आफ्नो परिवारका सबै सदस्यहरू मिली आवेदन गर्नुभयो भने सेयर पर्ने सम्भावना धेरै हुन्छ । प्राथमिक बजारमा सेयर नपरे पनि प्राथमिक निष्काशन हुने सबै कम्पनीमा लगानी गर्नुभयो भने कुनै न कुनैमा पर्ने सम्भावना हुन्छ । तपाईंलाई जब प्राथमिक बजारमा लगानी गर्दा सेयर पर्छ । त्यो सेयर दोस्रो बजारमा करोबार भइसके पछाडि क्यालकुलेटरमा हिसाब नगरी बिक्री गर्नेुभयो भने त्यसबाट तपार्इंलाई धेरै उत्साह र ज्ञान मिल्दछ । 

वित्तीय विवरणको विश्लेषण 
कम्पनीहरूको सेयर नेपाल स्टक एक्सचेन्जमा सेयर सूचीकरण भई दोस्रो बजारमा कारोबार हुन्छ । ती कम्पनीहरूले अपरिष्कृत तथा परिष्कृत वित्तीय विवरण प्रकाशन गर्दछन् । यी विवरण यससँगका सरोकारवालाका साथसथै कम्पनीहरूको सेयरमा लगानी गर्न चाहने लगानीकर्ताको लागि उपयोगी हुन्छन् । वित्तीय विवरणको माध्यमबाट कुन कम्पनीको सेयर कति मूल्यमा किन्दा उपयुक्त हुन्छ भनेर विश्लेषण गर्ने विभिन्न सूचकहरू हुन्छन् । जस्तै; खुद मुनाफा, प्रतिसेयर आम्दानी (ईपिएस), खुद मुनाफा, मूल्य आम्दानी अनुपात, जगेडा कोष, जोखिम व्यवस्था, नाफाको स्रोत आदि सूचकहरूके विश्लेषण गर्नुपर्दछ । यस्ता सूचकहरू कम्पनीहरूको गतिविधि कस्तो छ भनी नाप्ने मुख्य सूचक हो । यसबाट सेयरधनीलाई लाभांश वितरण क्षमता, नाफाको स्रोत दिगो हो कि होइन भन्ने कुरा, कम्पनीमा भैपरी आउने खर्च गर्नका लागि जगेडा कोष, पर्याप्त रकमको अवस्था इत्यादिको बारेमा जानकारी मिल्दछ । तर हामीले एक आर्थिक वर्र्षको वित्तीय विवरण हेरेर कम्पनीको सेयर किन्ने वा नकिन्ने भन्ने निणर्यमा पुग्न गाह्रो हुन्छ । कम्तीमा तीन आर्थिक वर्षको वित्तीय विवरण हेर्ने हो भने खुद मुनाफा, प्रतिसेयर आम्दानी र मूल्य आम्दानी अनुपात मात्र हेरेर सेयर किन्ने निर्णय गर्न सकिन्छ । एक आर्थिक वर्षको कुनै सूचक मात्र हेरेर निणय गर्दा गलत सङ्केत गर्न सक्छ । विगतदेखि कमजोर हुँदै आएको सूचक त्यो वर्ष मात्रै सुध्रेको हुनसक्छ । यदि त्यस्तो हो भने अर्को वर्ष पुनः कमजोर हुने सम्भावना रहन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया