४० नेपालीको कोरियाजाने यात्रा कोरोना भाइसरले रोक्यो

४ बर्ष अगाडि

इपिएसमार्फत कोरिया जाने तय भएका ४० जना नेपाली कामदारको उडान तत्कालका लागि स्थगित भएको छ।

कोरियामा कोरोनाभाइरसको संक्रमण बढेपछि १८ फागुनका लागि तय भएको उडान स्थगित भएको हो । 

‘तत्काललाई प्रस्तावित उडान सारिएको हो’ इपिएस शाखाका प्रमुख कृष्णप्रसाद खनाले भने, ‘अब कोरियन दूतावाससँगको छलफलपछि कहिले उडाउने भन्ने टुंगो लाग्छ ।’ 

कोरियामा कोरोनाभाइरसका कारण  ५ जनाको मृत्यु भएको छ भने साढे पाँच सय मानिस संक्रमित छन्।
संक्रमित हुनेमा बढी थेगु प्रान्तका रहेका छन् । 

नेपालबाट झन्डै ४० हजार कामदार रोजगारीका लागि कोरिया पुगेका र थेगुमा मात्रै ७ हजार नेपाली रहेको  सियोलस्थित नेपाली दूतावासले जनाएको छ । ्

आइतबार सियोलस्थित नेपाली दूतावासले थेगुमा रहेका नेपालीहरुलाई सावधानी अपनाउन आग्रह गर्दै सूचना जारी गरेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया