सुविसुले सुरु गर्यो नोकियाको १००जी अप्टिकल नेटवर्क

४ बर्ष अगाडि

काठमाडौं– नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले नोकियाको १०० ग्राम अप्टिकल नेटवर्कको कार्य बिस्तार गरेको छ । समयको माग र ग्राहकको स्तरीय सन्तुष्टीको निम्ति सुबिसुले अत्याधुनिक सेवाको सुरुवात गरेको हो । 


यसबाट उपभोक्ताले आफ्नो व्यान्डवीथ १जीबीपीएस सम्म विस्तार गर्न सक्नेछन् । यसको थालनीसँगै उपभोक्ताले हाइ स्पिड इन्टरनेट र हाइ डेफिनेसन इन्टरनेट प्रोटोकलको सेवा लिन सक्नेछन् । 


नेपाल सरकारको ‘डिजिटल नेपाल’लाई लक्षित गर्दै सुरु गरिएको यस बिस्तारले सम्पूर्ण देशलाई नै सामाजिक एवम् आर्थिक विकास तिर अग्रसर हुन टेवा पुर्याउने विश्वास लिइएको छ । 


देशको ११ वटा स्थानमा नोकियाको १८३० फोटोनिक सर्भिस स्विच, डेन्स वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ तैनाथ गराइसकिएको छ । यसबाट ग्राहकको बदलिँदो मागलाई पुर्ती गर्नुसँगैसँगै सुविसुले १००जी सर्भिस प्रदान गर्न सक्नेछ । 


नोकियाका बिनिस बावाले यसबाट नेपालका ग्राहक एवं व्यवसाय सबैले फाइदा लिन सक्ने र नेपालको संचार प्रबिधिको क्षेत्रमा यो महत्तवपुर्ण कदम रहेको बताएका छन् । 

आफ्ना ग्राहकलाई उच्च स्तरीय सेवा प्रदान गर्ने उद्देश्य लिएको सुविसुले यस कदमबाट सम्पूर्ण ग्राहक एवं व्यावसायले राम्रो प्रतिफूल प्राप्त गर्ने विश्वास लिएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले यसको थालनीसँगै ग्राहकको बदलिँदो मागलाई सजिलैसँग पूरा गर्न सकिने र आगामी दिनहरुमा पनि सेवा बिस्तारमा कुनै समस्या नआउने उल्लेख गराए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया