शिखर इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

शिखर इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ ।

हकप्रद निष्काशन प्रयोजनार्थका लागि कम्पनीले भोलिबाट बुकक्लोज गर्ने भएपछि आज सम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

१ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैँया चुक्ता पूँजी रहेको कम्पनीको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया