एनएमबीले चेपे खोलामा एक अर्ब १२ करोड लगानी गर्ने

४ बर्ष अगाडि

काठमाडौं । एनएमबी बैंकले चेपे खोला साना जलविद्युत आयोजनामा रु १ अर्ब १२ करोड ५० लाख  लगानी गर्ने भएको छ ।

ऋण लगानी गर्ने सम्झौतापत्रमा बैंक र आयोजनाको विकासकर्ता आशुतोष इनर्जीबीच ऋण लगानी सम्बन्धी सम्झौता भएको छ । आयोजना लम्जुङको दुधपोखरी गाउँपालिका तथा गोरखाको अजिरकोट गाउँपालिकामा पर्छ ।

आयोजनाको जडित क्षमता ८.६३ मेगावाट छ । आयोजनाबाट २०७८ फागुन ९ गतेसम्म बिजुली उत्पादन गर्ने छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली  लमजुङ्गको कीर्तिपुर सवस्टेशनमा जोडिने कम्पनीले जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया