हिजो कै रफ्तारमा परिसूचक, कारोबार रकम एक अर्ब नाघ्यो

४ बर्ष अगाडि

आज कारोबार सुरु भएको १ घण्टामा नेप्से परिसूचक २५.६५ को अंकले उकालो लागेको छ । 

हिजो एकै दिन ७० अंकको हारहारीमा उक्लीएको परिसूचकले आज पनि त्यही रफ्तारलाई निरन्तरता दिइरहेको देखिन्छ । 

आज १५०४.१४ को बिन्दुबाट सुरु भएको नेप्से कारोबारको ४ मिनेट मै २७ अंकको हारहारीमा उकालो लागेको थियो ।

अहिले कारोबारको १ घण्टामा परिसूचक २५ अंकले उकालो लागेर १५२९.७९ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज कारोबारका लागि आएका १६८ कम्पनीको २७ लाख ३८ हजार शेयर खरिद बिक्री हुदाँ १ अर्ब १० करोड बराबरको कारोबार भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया