चीनबाट सुरु भएको कारोना भाइरसको प्रकोप कुवेत र बहराइनमा पनि देखिएको छ ।
अन्तराष्ट्रीय समाचार माध्यमहरुका अनुसार कुवेतमा ३ जना र बहराइनमा १ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
गएको २४ घण्टामा चीनमा मात्रै १ सय ५० जना मानिसको यस भाइरस संक्रमणका कारण मृत्यु भएको छ भने अहिले सम्ममा २ हजार ५९२ मानिसको मृत्यु भइसकेको छ ।
यस भाइरसका कारण इटालीमा पनि ३ जनाको मृत्यु भएको छ भने १५२ मानिसमा यसको संक्रमण देखिएको छ ।
त्यस्तै, दक्षिण कोरियामा एकै दिनमा १६१ मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
त्यहाँ अहिले सम्ममा ७ सय ६३ मानिसमा संक्रमण रहेको पुष्टि भइसकेको छ ।
प्रतिक्रिया