नेप्सेमा करेक्सन, कारोबार रकम भने ३ अर्ब नाघ्यो

४ बर्ष अगाडि

गत साताबाट निरन्तर रुपमा बढे्को नेप्से परिसूचकमा आज भने ब्रेक लागेको छ । 

हिजो साताको पहिलो कारोबारका दिन ७० अंकको हारहारीमा उकालो लागेको परिसूचक आज भने १.९८ अंकले ओरालो लागेको हो ।

आज १५०४.१४ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने १५०२.१८  को बिन्दुमा पुगेर बन्द भएको छ ।

आज कारोबार सुरु भएको केही समय मै २८ अंकको हारहारीमा पुगेको नेप्से कारोबारको अन्तिम समय सम्म आउदाँ झिनो अंकले ओरालो लागेको हो ।

आज सेन्सेटिभ परिसूचकमा भने ०.४९ अंकको बृद्धि आएको छ ।   

परिसूचक घटे् पनि आज कारोबार रकम भने ३ अर्बले बढेको छ ।  आज कारोबारमा आएका १७९ कम्पनीको ८३ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ३ अर्ब ४१ करोड बराबरको कारोबार भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया