केपी ओलीको जन्मदिन मनाउँदा एक करोड ५० लाख स्वाहा !

४ बर्ष अगाडि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजसी शैलीको जन्मदिन मनाउन कति खर्च भयो होला ? ४ वटा हेलिकप्टर हजारौलाई भोज खुवाउँदा लाखमा खर्च त पक्कै भएन करौडौ नै भयो  । प्रधानमन्त्रीको सचिवालयसँग यसबारे सोध्दा केही नबताउँदा कति खर्च भयो भन्नेमा आधिकारिक विवरण आउन सकेको छैन । 
तर नेपाल सरकारकै एक पूर्वसचिवले ओलीको जन्मदिनमा एक करोड ५० लाखजति खर्च भएको हुनसक्ने आँकलन गर्दै हिसाव किताव निकालेका छन् । 
पूर्वसचिव भीम उपाध्यायका अनुसार करिव ६ हजार जनतालाई भोज खुवाउन ३९ लाख, २ हजार थान डायरी र पेन वितरणमा १ लाख, हजार थान टोपी र ज्याकेटमा १५ लाख खर्च भएको अनुमान गरेका छन् । 
यस्तै हेलिकप्टर खर्च ४ वटाको कम्तीमा ८ लाखसहित अन्य हिसाव किताव गरेर डेढ करोड खर्च भएको हुन सक्ने बताएका छन् । 
खर्च यतिधेरै भएको छ त्यो खर्च कसले बेहोर्यो भन्ने पनि खुल्न सकेको छैन । 
आइतबार आफ्नो जन्मदिन मनाउन ओली जन्मघर तेह्रथुम पुगे । तेह्रथुमको आठराईमा दलबलसहित जन्मदिन मनाउन ओली पुग्दा गाउँपालिकाले सार्वजनिक बिदा नै दिएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया