सिटिजन्स बैंकको ऋणपत्र फागुन २० बाट खुला, कसलाई कति कित्ता ?

४ बर्ष अगाडि

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले फागुन २० गतेबाट ऋणपत्र निष्काशन गर्ने भएको छ । 

बैंकले वार्षिक २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र १०.२५ प्रतिशत ब्याजदरमा बिक्री खुला गर्न लागेको हो ।

बैंकका अनुसार निष्काशन गर्न लागेको ऋणपत्र व्यक्तिगत तवर र सर्वसाधारणका लागि छुट्याइएको छ।

जसमा कुल ऋणपत्रमध्ये १ अर्ब ५० करोड रुपैयाँबराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिने छ । त्यस्तै,  सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले बताएको छ ।

उक्त ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम ९ लाख ७० हजार कित्ता सम्म आवेदन दिन सकिने छ । 

ऋणपत्रमा  छिटोमा फागुन २३ गते र ढिलोमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ भने ऋणपत्र को निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया