४० मेगावाटको अप्पर चमेलिया बनाउन अपि पावरले हकप्रद शेयर दिँदै

४ बर्ष अगाडि

काठमाडौं – अपि पावर कम्पनीको हकप्रद सेयर स्वीकृत भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार कम्पनीलाई १ः२ बराबरको हकप्रद सेयर निष्काशनका लागि स्वीकृति प्रदान गरेको हो । कम्पनीले दार्चुलामा ४० मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो चमेलिया निर्माणका लागि हकप्रद जारी गर्न बोर्ड समक्ष निवदेन दिएको थियो ।

विद्युत नियमन आयोगको सिफारिशमा कम्पनीलाई चरण–चरण गरि उक्त आयोजना निर्माणको लागि हकप्रद जारी गर्ने निर्णय अनुरुप कम्पनीलाई प्रथम चरणमा ५६ लाख ७० हजार कित्ता बापत रु ५६ करोड ७० लाख बराबरको हकप्रद शेयर जारी गर्ने स्विकृती प्राप्त भएको छ । सो हकप्रद हाल कम्पनीको कायम चुत्ता पुँजी रु १ अर्ब १९ करोडको १ बराबर ०.४७ कायम भएको छ ।

कम्पनी यस हकप्रद जारी गरि आगामी आर्थिक बर्षको शुरुवातमा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माणको प्रगति विवरणसहित पून दोस्रो पटक हकप्रद जारीको लागी बोर्ड समक्ष निवेदन पेश गर्ने भएको छ । दोस्रो चरणको हकप्रद निष्काशनको लागि समेत कम्पनीले विद्युत नियमन आयोगबाट स्विकृति प्राप्त गरिसकेको छ ।

कम्पनीले हाल ८.५ मेवाको नौगड गाढ आयोजना वि.स २०७२ साल भदौ देखि संचालन गरि विद्युत बिक्री गरिरहेको र ८ मे.वा को माथिल्लो नौगड गाढ आयोजना मिति २०७६ साल कार्तिकबाट संचालन गरि थप विद्युत बिक्री गरिरहेको छ । माथिल्लो चमेलिया आयोजना दार्चुला जिल्लामा अवस्थित छ जहाँ कम्पनीले २ आयोजना निर्माण गरिसकेको हो ।

कम्पनीले ४० मे.वा क्षमतनको माथिल्लो चमेलिया निर्माणको कार्य लाई तिव्र रुपमा अघि बढाएको छ । आयोजनाको वित्तिय व्यवस्थापनको कार्य अन्तिम रुपमा रहेको र उक्त आयोजनाको निर्माण अबको ३० महिना भित्र सम्पन्न गर्ने कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए ।

कम्पनीले बिगत ३ बर्ष देखि नियमित लाभांश वितरण गरिरहेको छ । कम्पनीले हकप्रद निष्काशनको प्रकृयामा रहेकोले यस आवको साधारणसभा ढिला भएको र यही २०७६ चैत्र महिनाभित्र लाभांश सहितको साधारणसभा गरिने कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया