बल्ल घट्यो सुनको मूल्य, तोलाको कति  ?

४ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय निरन्तर बढ्दै गएको सुनको मुल्य मंगलबार भने करेक्सन हुँदै तोलामा ३०० घटेको छ । आज सुनको मुल्य प्रतितोला रू. ८० हजार तोकिएको छ । 
हिजो सुनको मुल्य प्रतितोला रु. ८० हजार ३ सय पुगेको थियो । जुन हालसम्मकै उच्च हो । तर, आज अन्तरराष्ट्रिय बजारमा सुनको मुल्य घटेपछि नेपालमा पनि यसको मुल्य घटेको हो ।
कोरोना भाइरसको कारण अन्तरराष्ट्रिय आर्थिक क्षेत्र त्रसित भएको छ । शेयर बजार घटी रहेको छ । फलस्वरुप लगानीकर्ताले लगानीको सुरक्षाको लागि सुन किनेर होल्ड गर्दा यसको मूल्यमा उताव चढाव आइरहेको छ । 
आज तेजावी सुनको मुल्य प्रतितोला रू. ७९ हजार ७०० तोकिएको र चाँदीको मुल्य ९२५ रुपैयाँ तोकिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया