नेप्सेमा घट्बढ, झिनो अंकले घट्दा ६१ करोडको कारोबार

४ बर्ष अगाडि

आज कारोबारको पहिलो घण्टा नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ । 

कारोबार सुरु भएको केही छिनमै २२ अंकको हारहारीमा ओरालो लागेको परिसूचक पुन ११ अंकको हारहारीमा उकालो लागेको थियो । 

पहिलो घण्टाको अन्तिम समयमा भने नेप्से १.६४ अंकले ओरालो लाग्यो । 

आज १५०२.१८ को बिन्दुबाट कारेबार सुरु भएको थियो भने एक घण्टा आउदाँ परिसूचक १५००.१७ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, अहिले कारोबार भइरहेका १५७ कम्पनीको १४ लाख २१ हजार कित्ता शेयर किनबेच हुदाँ ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया