अहिले सम्मकै सस्तो स्मार्टफोन लन्च गर्दै एप्पल

४ बर्ष अगाडि

एप्पलकम्पनीको सस्तो फोन किन्ने प्रतिक्षामा रहेकाहरुलाई कम्पनीले यही मार्चमा आइफोन एस इ २(iphone SE2) नामक नयाँ स्मार्ट फोन लन्च गर्ने भएको छ । 

कम्पनीकका अनुसार आइफोन एस इ २ (iphone SE2)सगैँ आइफोन एस इ २ प्लस(iphone SE2 plus) पनि यही मार्च ३१ मा एकै साथ लन्च हुने छ ।

मार्च ३१ मा लन्च भएसगैँ अप्रिल तीन बाट विश्व भरि आइफोन एस इ २ र  एस इ २ प्लसको बिक्री सुरु हुनेछ । 

कम्पनीका अनुसार आइफोन  एस इ २ को स्क्रीन ५.४ इन्चको हुनेछ जुन यस अघि कम्पनीले लन्च गरेको आइफोन ८ को हारहारीकै साइज हो ।

त्यस्तै, यो फोनको मूल्य ३९९ यूएस डलर हारहारी हुने कम्पनीले बताएको छ । जुन नेपाली ४५ हजार रुपैयाँ हारहारी पर्न आउछ । 

उता, कम्पनीले लन्च गर्न लागेको अर्को आइफोन एस इ २ प्लसको स्क्रीन ५.५ देखि ६.१ सम्म हुनेछ भने उक्त फोनको साइज आइफोन एक्स हारहारी हुने बताइएको छ । 

कम्पनीले एस इ २ प्लसको मूल्य भने सार्वजनीक गरेको छैन । 


                                                           

४ बर्ष अगाडि

प्रतिक्रिया