४३ जनाको नाममा कीर्ते तमसुक बनाइ ६० लाख अनियमितता

४ बर्ष अगाडि

एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ परेकी छन् । 

उनले सो वित्तीय सस्थाबाट  रु ६० लाख ७० हजार अनियमितता गरेको देखिएपछि गत आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

कास्कीको हेम्जामा मुख्य कार्यालय रहेको  सो चामे गाउँपालिकामा रहेको सो सस्थामा उनी दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत थिइन।

सो रकम अनियमितता भएको देखिएपछि मुख्य कार्यालयबाट उच्च अदालत कास्कीमा उजुरी समेत परेको जनाइएको छ ।  गुरुङले ४३ जनाको नाममा कीर्ते तमसुक बनाइ कर्जा निकालेको बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया