आज पनि नेप्सेमा उछाल ,कारोबार रकममा भने गिरावट

४ बर्ष अगाडि

हिजो करेक्सन देखिएको नेप्से आज पुन दोहोरो अंकले उकालो लागेको छ ।आज कारोबार सुरु भएको केही समयमै २२ अंकको हाराहारीमा ओरालो लागेको नेप्से कारोबारको अन्तिम समय सम्म आइपुग्दा ४३.०२ अंकले उकालो लागेको छ । 

आज १५०२.१८ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने १५४५.१९को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

त्यस्तै ,आज सेन्सेटिभ परिसुचक पनि ८.५७ अंकले उकालो लागेको छ ।  हिजोको तुलनामा परिसुचक अत्याधिक अंंकले बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । 
हिजो परिसुचक  १ अंकले ओरालो लाग्दा ३ अर्ब  १० करोड बराबरको कारोबार भएको थियो  । आज भने ४३ अंकले उकालो लाग्दा २ अर्ब ९९ करोड  रुपैँैँैँया बराबरको कारोबार भएको छ । 
आज नेप्सेमा १८०  कम्पनीको  ७० लाख ५९ हजार कित्ता खरिद बिक्री हुदाँ सो कारोबार भएको हो ।

आज कारोबारमा आएका १२ वटै उपसमुह उकालो लागेका छन् । आज कारोबार भएका १८० कम्पनी मध्ये हिमालयन डिस्टिलरीले १६ करोड ३३ लाख बराबरको कारोबार गरेको छ । त्यस्तै एन एल आइ सी ले १४ करोड ३६ लाख रुपैँया बराबरको कारोबार गरेको नेप्सेले बताएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया