सिटिजन्स बैंकद्वारा बिद्यालयलाई आर्थिक सहयोग

४ बर्ष अगाडि

सिटिजन्स बैंकले बिद्यालयलाई आर्थिक रकम सहयोग गरेको छ।

बैंकले धरान उपमहानगरपालिकाको वडा नं १५ ज्ञानचक्षु मार्ग स्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

यस विद्यालयको छात्रवासमा विद्यार्थीहरु भुईमा बसेर पढ्न जाडोको समयमा कष्टप्रद हुने भएकोले उक्त सहयोग रकमबाट छात्रवासमा न्यानो कार्पेट राख्नुका साथसाथै शारिरिक रुपमा अशक्त विद्यार्थीहरूको लागि पानी फिल्टर गर्ने यन्त्र खरिद गर्ने विद्यालयले जनाएको छ।

शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने बैंकको विश्वास छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया