बढ्दै बैदेशिक लगानी, ६ महिनामा १२.२० अर्ब लगानी भित्रियो

४ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो ६ महिलामा प्रत्यक्ष बैदेशिक लगानीमा सुधार देखिएको छ । गत आवको सो अवधीमा ठुलो मात्रामा घटेको बैदेशिक लगानी यो बर्ष भने उच्च मात्रामा बढेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको पहिलो ६ महिनामा विदेशी मुलुकबाट आउने लगानी करिब १८० प्रतिशतले बढको छ । गत आवको पुससम्म रू. ४ अर्ब ३६ करोड मात्र प्रत्यय बैदेशिक लगानी नेपाल भित्रिएको थियो । तर, चालु आवको पुससम्म रु. १२ अर्ब २० करोड विदेशी लगानी भित्रिएको छ । यो रकम गत आवभरमा भित्रिएको रकम भन्दा केही कम हो । गत आवमा रू. १३ अर्ब ७ करोड विदेशी लगानी आएको थियो ।
यद्यपि, चालु आवको आएको विदेशी लगानी आव २०७४÷७५ को ६ महिनाको भन्दा पनि कम हो । सो आवको समिक्षा अवधीमा रु. १४ अर्ब ३३ करोड विदेशी लगानीप नेपाल भित्रिएको थियो ।
सरकारले नेपालमा लगानी भित्र्याउने उद्देश्य सहित गत बर्ष लगानी सम्मेलन गर्यो । साथै, लगानी सम्बन्धी कानुन तथा नीतिगत प्रावधान सुधार गर्ने काम पनि भए । यी यस्ता कारणले नेपालमा वैदेशिक लगानी बढ्दै गएको जानकार व्यक्तिहरू बताउछन् । 
नेपालमा पछिल्लो समय विदेशी लगानीको प्रतिबद्धता अझ बढी छ । तर, ती सबै प्रतिबद्धता पुरा भएका देखिदैनन् । उद्योग बिभागमा मात्र चालु आवको ६ महिनामा २७ अर्ब भन्दा बढीको बैदेशिक लगानी प्रतिबद्धता आएको छ । तर, त्यो अनुरुप लगानी भने भित्रिन नसकेको देखिन्छ ।
यस्तै, लगानी बोर्डमा पनि अर्बाै बराबरको लगानी प्रतिवद्धता आएका छन् । ती सबै लगानी अझै आएका छैनन् । 
नेपालमा लगानी गर्न उद्योग बिभाग र नेपाल लगानी बार्डबाट स्वीकृति लिनुपर्छ । लगानी बार्डले ठुलो मात्राको लगानीका लागि मात्र स्वीकृति दिने गर्छ । त्यसपछि विदेशी मुद्राँ नेपाल ल्याउनका नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ । राष्ट्र बैंकले स्वीकृति दिएपछि विदेशी लगानीकर्ताले नेपालमा लगानी लिएर आउन सक्छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया