पहिलो घण्टामै ३३ अंकले बढ्यो नेप्से, कारोबार रकम एक अर्ब नाघ्यो

४ बर्ष अगाडि

आज नेप्से परिसूचक कारोबारको पहिलो घण्टामै ३३.४५ अंकले उकालो लागेको छ । 

कारोबार सुरु भएको १२ मिनेटमा  परिसूचक ३० अंकको हारहारी उक्लीएको थियो भने घटबढ हुदैँ केही समयमै पुन: उकालो लागेको नेप्से एक घण्टाको अवधीमा ३३ अंकले बढे्को हो । 

त्यस्तै, यो समय सम्म आउदाँ कारोबार रकम १ खर्ब २ करोड पुगेको छ ।  अहिले सम्ममा १७४ कम्पनीको २४ लाख ४२ हजार कितता शेयर खरिद बिक्री भइसकेको छ । 

आज १५४५.१९ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने एक घण्टा सम्ममा नेप्से १५७८.६५ को बिन्दुमा पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया