नलगाड नगरपालिकाको दल्लीमा १५ शैय्याको अस्पताल निर्माण शुरु

४ बर्ष अगाडि

पूर्वी जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा १५ श्ययाको अस्पताल निर्माणशुरु भएको छ ।

 “स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिपूर्ति गर्नका लागि नगरपालिकाले विज्ञापन गरिसकेको छ”, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले भने,

पश्चिममा छेडागाड नगरपालिकाको सालटाकुरामा नगर अस्पतालको काम शुरु भएको नगरप्रमुख लालबहादुर महतराले जानकारी दिए । 

 स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी नगर अस्पताल बनाइएको हो । नौवटा स्वास्थ्य संस्थाका भवनसमेत निर्माण शुरु गरिएको उनले जानकारी दिए। 

बिरामीको सहजताका लागि नगरपालिकाले एम्बुलेन्स सेवासमेत शुरु गरेको जनाएको छ । 

गर्भवती, ज्येष्ठ नागरिक, प्राकृृतिक प्रकोपमा परेकालाई सो सेवामा छुट दिने कार्यविधिमा उल्लेख रहेको छ ।  सदरमुकामको स्वास्थ्य सेवा कार्यालयबाहेक सबै स्वास्थ्य संस्था स्थानीय तहको मतहतमा आइसकेको छ ।

 स्थानीय तहले आफ्नो मातहतका स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी सेवा प्रवाहमा प्रभावकारिता ल्याएको नगरप्रमुख महतराले जानकारी दिए । 

भेरी नगरपालिकाले सदरमुकामको अस्पताललाई व्यवस्थित गरेर सेवा प्रवाहमा सहयोग गर्दै आएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । नगरपालिकाले पाँचभन्दा बढी नयाँ स्वास्थ्य संस्थाका भवनहरु निर्माण कार्य जारी राखेको छ । 

त्यस्तै रुकुम पश्चिम  सानीभेरी गाउँपालिकाले ७ नं वडाको छोटेबगरस्थित सिम्ली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ श्ययाको बनाइ सेवा शुरु गरेको छ  । डा कविन बस्नेतले सेवा दिएका छन । 

 “संविधानमा  गाउँपालिकामा १५ र नगरपालिकामा २५ श्ययाको अस्पताल हुने व्यवस्था गरिएअनुसार हामीले नगर अस्पताल बनाएका छौँ”,  गाउँपालिका अध्यक्ष नरबहादुर पुनले  भने । गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले १५ श्ययाको अस्पताल सञ्चालनका लागि ३२ जनाको दरबन्दी स्वीकृत गरिएको जानकारी दिए  । 

उनका अनुसार अस्पतालका लागि स्त्री, बालरोग र हाडजोर्नीका एक र एकजना विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ भने तीनजना एमबिबिएस चिकित्सक दरबन्दी कायम गरिएको छ । 

गुणस्तरीय उपचार प्रवाह गर्न छिट्टै विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्था गर्न लागिएको बताइएको छ  । 

अस्पतालमा एक चिकित्सकसहित, नर्स, अहेब, रेडियोग्राफर, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र दुई कार्यालय सहयोगीले सेवा दिएका छन् ।

अस्पतालबाट बहिरङ्ग, अन्तरङ्ग, प्रयोगशाला, आकस्मिक, प्रसूति, एक्स–रे र सामान्य शल्यक्रिया सेवा शुरु गरिसकिएको गाउँपालिकाले जनाएको छ । 

प्रतिकारात्मक, प्रवद्र्धनात्मक, परिवारयोजना, कुष्ठरोग निवारण, फार्मेसी, एम्बुलेन्सलगायत सेवा पनि प्रवाह भइरहेको छ  ।

 सुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुन थालेपछि अन्यत्र जानुपर्ने बाध्यता टरेको छ । सडक पुगेका वडाबाट बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरिएको छ ।

 जिल्लाका ६ स्थानीय तहमध्ये अस्पताल शुरु गर्ने सानीभेरी दोस्रो स्थानीय तह हो ।

 यसअघि आठबिसकोट नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको थियो । आठबिसकोट नगर अस्पताबाट जाजरकोट नलगाड नगरपालिकाका स्थानीयवासीले समेत सेवा लिन पाएका छन् । 

नगरपालिकाले अन्य सेवासमेत थपेर लिने योजनामा रहेको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया