रोटरी क्लबको सहकार्यमा लाइफलाइन अस्पतालमा डायलोसिस सेवा शुरु

४ बर्ष अगाडि

यहाँस्थित लाइफलाइन अस्पतालले मिर्गौला बिरामीका लागि डायलोसिस सेवा शुरुआत् गर्ने भएको छ । 

रोटरी क्लब अफ दमकको सहकार्यमा अस्पतालले आगामी दुई महिनाभित्र यहाँ पहिलोपटक सेवा शुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा तिलकचन्द्र साहले जानकारी दिए । ती दुईसंस्थाका बीच सम्झौता समेत भएको छ । 

अध्यक्ष डा साहका अनुसार चार श्ययाबाट बिरामीलाई सो सेवा प्रदान गरिनेछ । 

सो सेवाबाट यस  क्षेत्रका  बिरामीले थप सुविधा पाउने विश्वास गरिएको छ  । जिल्लाको विर्तामोड र भद्रपुरमा सो सेवा सञ्चालन हुँदै आएको छ ।
 
अस्पतालमा आज  आयोजित कार्यक्रममा सेवा सञ्चालन सम्बन्धी  सम्झौता भएको रोटरीका अध्यक्ष सन्दीप चापागाईंले जानकारी दिनुभयो । 

रु ८० लाख मध्ये ७५ प्रतिशत रोटरी र २५ प्रतिशत अस्पतालको लगानी हुने जनाइएको छ । 

सो अवसरमा अध्यक्ष डा साहले सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति व्यवस्थापन गरिसकिएको जाकारी दिए ।

अस्पतालका मेडिकल डाइरेक्टर डा खुस्बु प्रिया र सञ्चालक डा मुक्तिनाथ भट्टराई सेवाले मिर्गौला बिरामीलाई थप सहज हुने बताए ।

 दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले स्वास्थ्य सेवामा नगरपालिकाले विभिन्न काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा दमक रोटरीका निवर्तमान अध्यक्ष मोहन ढकाल, रोटरीको परियोजना समन्वयकर्ता सागर श्रेष्ठले दमक आसपासका मिर्गौलाका बिरामीले आफ्नै ठाउँमा सर्वसुलभ सेवा पाउने  बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया