मन्त्रीका आर्थिक सल्लाहकारद्वारा किशाेरीलाई बन्धक बनाएर बलात्कार

४ बर्ष अगाडि

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन् । 

५२ वर्षका घलेलाई टोखामा रहेको आफ्नो फ्ल्याटमा सिन्धुली घर भएकी एक किशोरीलाई बन्धक बनाइ बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो । 

उनले गत माघ २७, २८ र २९ गते किशोरीलाई फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको जानकारी पाएपछि फागुन १ गते उद्धार गरी सोही दिन घलेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। 

चितवन स्थायी घर भएका उनी घले टोखामा फ्ल्याट लिएर बस्दै आएका थिए। 

घलेलाई म्याद थप गरी अनुसन्धान भइरहेको र किशोरीलाई मनोवैज्ञानिक परामर्श गरी परिवारको जिम्मा लगाइएको डिएसपी बोगटीले जानकारी दिए।

घलेविरुद्ध अपहरण तथा शरीर बन्धक एवम् जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको उनले जानकारी दिए। घलेले आफू राज्यमन्त्री मान्धरको सल्लाहकार रहेको भन्दै उम्किने प्रयास गरेका थिए।

४ बर्ष अगाडि

प्रतिक्रिया